रामेछाप जिल्लामा पिसिआर मेसिन स्थापना गर्न प्रदेश सरकारले निकाल्यो सूचना
१३ वैशाख, काठमाडौं ।
रामेछाप जिल्लामा पिसिआर मेसिन स्थापना गर्नको लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सूचना निकालेको छ । तीस दिनभित्र पिसिआर मेसिन स्थापना गर्नको लागि मन्त्रालयले आज सूचना जारी गरेको हो । प्रदेश सरकारले पिसिआर मेसिन नभएका जिल्लामा तत्काल मेसिन स्थापना गर्न लागेको हो । रामेछाप सहित चार जिल्लामा पिसिआर टेष्ट गर्ने मेसिन खरिद प्रक्रिया अगाडि बढाएको छ ।
बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आगामी एक महिनापछि रामेछाप जिल्लासहित चार वटा जिल्लामा पिसिआर मेसिन स्थापना हुने रामेछाप न्युजलाई बताए । उनका अनुसार मेसिनसँगै आवश्यक जनशक्तिको व्यवस्थापनमा सरकार लागि परेको छ ।
जिल्ला अस्पताल रामेछापमा पिसिआर मेसिन स्थापना हुने भएसँगै रामेछापवासीलाई निकै ठूलो राहत हुनेछ । अहिले जिल्लामा पिसिआर मेसिन नहुँदा, दोलखा, सिन्धुली काभ्रे र काठमाडौंमा पिसिआर परीक्षण गराउनु पर्ने बाँध्यता रहेको छ ।
स्वास्थ्य कार्यालय रामेछाप जनस्वास्थ्य अधिृकत भुवन थापाले पिसिआर मेसिन खरिद गर्ने प्रक्रिया अगाडि बढेकोमा खुसी लागेको बताए । उनले रामेछाप न्युजसँग भने,‘जिल्लामा पिसिआर मेसिन नहुँदा रिपोट आउन पाँच दिनसम्म लाग्ने गरेको छ, पिसिआर मेसिन स्थापना भएपछि कोरोना नियन्त्रण गर्न मद्दत गर्छ ।’
त्यसैगरी जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनले आपूmहरुले राखेको माग प्रदेश सरकारले सम्बोधन गरेकोमा खुसी लागेको बताए । उनले अक्सिजन प्लान्टको काम र पिपिआर मेसिन स्थापना हुनु जिल्लावासीको लागि निकै ठूलो खुसीको विषय भएको बताए ।