मन्थलीमा सञ्चालित बैंक कुन–कुन बार खुल्छ ? (समय र सम्पर्क नम्बरसहित)
१४ जेठ, रामेछाप ।
रामेछाप जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढदै गएपछि बैंक तथा वित्तिय संस्था सञ्चालन हुने समय आलोपालाे प्रणालीबाट मिलाइएको छ । जिल्ला प्रशासन कार्यलयले रामेछापले हप्ताको २ दिन मात्र बैंक खोल्न अनुकुल हुने सूचनाको आधारमा बैंकहरुले कोभिडको बेला पनि सेवा दिएका हुन् ।
बैंकमा भिडभाड हुने भएकाले मन्थलीमा सञ्चालित १४ वटा बैंकहरु हप्ताको दुई दिन मात्र सञ्चालन हुनेछन् । लकडाउन भएपनि आर्थिक कारोबार महत्वपूर्ण हुने भएकाले मन्थलीमा सञ्चालिन बैंकहरुले सञ्चालन हुने कार्यतालिका नै सार्वजनिक गरेका छन् ।
बैक खुल्ने भएपनि कुन कुन दिन खुल्ने र कुन समयमा खुल्ने सेवाग्राहीलाई जानकारी नहुँदा टाढाटाढाबाट आएर दुःख मात्र पाउने गरेक छन् । अब सेवाग्राहीहरुले घरबाटै बैंक खुल्ने नखुल्ने विषयमा जानकारी लिएर मात्र बैंक जादा दुःख नपाउने भएकाले बैकहरुले कार्यतालिका बनाएका छन् ।
कार्यतालिकाको स्रोतः विपिन भट्टराईबाट