रामेछाप अस्पतालमा आइसीयू र भेन्टिलेटर राख्न बजेट सुनिश्चित



१४ जेठ, काठमाडौं ।
कोरोना संक्रमित गम्भीर बिरामी र बालबालिकाहरूको उपचारका लागि संघीय सरकारले आइसीयु र आइसीयु भेन्टिलेर थप व्यवस्था गर्न रामेछाप अस्पतालसहित ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित गरेको छ । कोरोना नियन्त्रण र रोकथामको लागि अर्थ मन्त्रालयले आइसीयु र भेन्टिलेर नभएका अस्पतालमा तत्काल सञ्चालन गर्ने र भएका अस्पतालहरुमा संख्या बढाउन बजेटको सुनिश्चित गरेको हो ।

जसमा पिटियाट्रिक आइसीयुतर्फ रामेछाप अस्पताल, दोलखा अस्प्ताल,ताप्लेजुङ अस्पताल, संखुवासभा अस्पताल, तेह्रथुम अस्पताल, भोजपुर अस्पताल, खोटााङ अस्पताल, सोलुखुम्बु अस्पताल, ओखलढुंगा अस्पताल, रंगेली अस्पताल, सुनसरी अस्पताल, सर्लाही अस्पताललाई तीन–तीन करोड रुपैयाँ रहेको छ ।

त्यसैगरी बारा अस्पताल, रत्ननगर अस्पताल, भक्तपुर नगर अस्पताल, रसुवा अस्पताल, पर्वत अस्पताल, स्याङ्जा अस्पताल, म्यादी अस्पताललाई तीन तीन करोड रुपैयाँ रहेको छ । पाल्पा अस्पताल, रोल्पा अस्पताल, पृथ्वीचन्द्र अस्पताल, मुसीकोट अस्पताल, मुगु अस्पताल र मेहलकुना अस्पताललाई पनि तीन तीन करोड रुपैयाँको सहमति दिइएको छ ।

सेती प्रादेशिक अस्पताललाई ६ करोड, गजेन्द्रनारायणा अस्पताललाई ९ करोड, तुल्सीपुर अस्पताललाई ९ करोड,भक्तपुर अस्पताललाई १२ करोड रुपैयाँ सुनिश्चित गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुरुप अर्थ मन्त्रालयले कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि बजेट सुनिश्चित गर्दै आएको छ ।

रामेछाप जिल्ला अस्पतालमा पहिलो पटक आइसीयू र भेन्टिलेटर सञ्चालनमा आउने निश्चित भएको छ । भौतिक पूर्वाधार तयारी अवस्थामा रहेको अस्पतालमा हाल बागमती प्रदेश सरकारले उपलब्ध गराएको पाँच वटा एचडीयू वेड सञ्चालनमा रहेको छ ।

रामेछाप जिल्लामा आइसीयू र भेन्टिलेर राख्नको लागि बजेटको सुनिश्चित भएसँगै अब विशषेज्ञ डाक्टर सहितको सेवा प्रवाह हुने आशा पलाएको छ । यसअघि नेपाली कांग्रेसका नेता एवं निर्माण व्यवसायी पूर्णबहादुर तामाङ कान्छारामले तामाकोसी अस्पताललाई दिएको तीन वटा आइसीयू वेड विशषेज्ञ डाक्टरको अभावमा सञ्चालनमा आउन सकिरहेको छैन् । तामाकोसी अस्पतालले कान्छारामले दिएको आइसीयू वेड पूर्ण रुपमा सञ्चालनमा ल्याउन दक्ष जनशक्ति नभएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्