आज अपरान्ह सरकारले करिब १६ खर्ब बराबरको बजेट सार्वजनिक गर्दै
५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् ।
बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुने कार्यक्रम रहेको छ । बजेटको बारेमा मन्त्रीपरिषद्को बैठकले निर्णय गरिसकेको छ । सरकारले करीब १६ खर्ब हाराहारी आकारमा बजेट ल्याउने तयारी गरेको छ । संसद विघटन भए पनि १५ जेठमा बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता भएको कारण संसद विघटन भएको परिस्थितिमा सरकारले अध्यादेशबाट बजेट ल्याउन लागेको हो ।