यी हुन सरकारले ल्याएको लोकप्रिय कार्यक्रम
१५ जेठ, काठमाडौं ।
सरकारले अध्यादेशबाट ल्याएको बजेटमा लोकप्रिय कार्यक्रम समावेश गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै लोकप्रिय कार्यक्रमहरु घोषणा गरेका छन् ।
सरकारले जेष्ठ नागरिकको माासिक भक्ता ४ हजार रुपैयाँ पुर्याएको छ । त्यसैगरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने कार्यक्रम समावेश गरेको छ । शैक्षिक प्रमाणपत्र धितो राखेर पाँच प्रेशित ब्याजदरमाा २५ लाखसम्म ऋण दिने, लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिन बजेट विनियोजन गरेको छ ।
त्यसैगरी तरकारी, दूध र माछा मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने भएका छन भने । विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा र सिम कार्ड निःशुल्क दिने घोषणा गरेको छ । निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट दिने घोषणा गर्दै सरकारले ३ वर्षभित्र रासायनिक मल कारखाना स्थापनाका लागि काम सुरु गरिने बताएको छ । निषेधाज्ञामा खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट दिने घोषणा गर्दै सरकारले विवादित गरिबी निवारण कोष खारेज गरेको छ ।