रामेछापको पुरानो सदरमुकाम रामेछापमा आधुनिक शहर बन्ने
१५ जेठ, काठमाडौं ।
सरकारले रामेछापको पुरानो सदरमुकाम रामेछाप नगरपापलिकाको रामेछाप बजारलाई आधुनिक शहरको रुपमा विकास गर्ने भएको छ । सरकारले बजेट भाषण माफर्त रामेछापलाई आधुनिक र व्यवस्थित शहर बनाउने घोषणा गरेको हो ।
सरकारले रामेछापको पूरानो सदरमुकामलाई स्थायी शहरको रुपमा विकास गर्ने भएको छ । पूराना शहरलाई आधुनिक शहर बनाउने सरकारी योजनामा रामेछाप बजार पनि समावेश भएको छ ।
‘पूराना शहर पुनरुत्थान कार्यक्रम अन्तर्गत रामेछापको पूरानो बजारलाई आधुनिक शहर बनाएर पुनरुत्थान गर्न लागिएको हो । आगामी आर्थिक वर्ष २०७८÷०७९ भित्रै यो काम सुरु हुनेछ । कार्यक्रम अन्तर्गत वजार क्षेत्र निर्माण, नगर रिङ्गरोड, ढल निकासी, घ। भङ्गेरि देखि हिलेपानि सम्म व्यवस्थित शहर निर्माण हुनेछ ।