कांग्रेस नेता कार्कीद्धारा रामेछापको स्वास्थ्य चौकीलाई अक्सिजन सिलिन्डर प्रदान



१८ जेठ, रामेछाप ।
नेपाली कांग्रेसका नेता रत्न कार्कीले रामेछाप नगरपालिका–१ को स्वास्थ्य चौकीलाई एक थान अक्सिजन सिलिन्डर प्रदान गरेका छन् । उनले प्रदान गरेको सिलिन्डर आज नगरपालिकाका उपप्रमुख सृजना खड्कालको सहभागीतमा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भएवं रामेछाप प्रदेश ‘क’बाट गत निर्वाचनमा कांग्रेसका प्रत्यासी उम्मेदवार समेत रहेका कार्कीले नगरपालिकामा संक्रमित बढदै गएपछि अक्सिजन सिलिन्डर पठाइएको बताए ।

रामेछाप नगरपालिकाका नगर उपप्रमुख खड्काले संकटका यस घडीमा एक थान सिलिन्डर पनि महत्वपूर्ण भएको बताउदै सहयोग गर्ने नेता कार्कीलाई धन्यवाद दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्