ड्रममा डुबेर मन्थली नगरपालिकामा २८ महिने बालकको मृत्यु



२० जेठ, रामेछाप ।
ड्रममा डुबेर मन्थली नगरपालिकामा २८ महिने बालकको मृत्यु भएको छ । मन्थली नगरपालिका–१३  चिण्डे स्थित का कुमार भुजेलका २८ महिने छोराको ड्रममा डुबेर निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले घरमा रहेको एक सय लिटरको ड्रममा डुबेर बेहोस भएका बालकलाई थप उपचारको लागि तामाकोसी अस्पतालमा ल्याए पनि अस्पताले मृत घोषणा गरेको बताए । उनका अनुसार घरमा रहेको ड्रममा करिब पचास लिटर पानीमा खेल्ने क्रममा डुबेर बालकको निधन भएको हो ।

श्रेष्ठका अनुसार ड्रमको मुख काटी खुल्ला बनाई पानी हालेर राख्ने गरेको ड्रममा खेल्दै जाने क्रममा पानी सहित रहेको कालो ड्रममा पर्न गई पानिमा डुबिरहेको अवस्थामा देखेपछी तत्काल ड्रमबाट निकाली उपचारको लागी तामाकोसी सहकारी अस्पताल ल्याई चेकजाँच गराउने क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्