बालबालिकालाई एक्लै नछोडन जिप्रका रामेछापकाे आग्रह



२० जेठ, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापले बालबालिकालाई एक्लै नछोडन अभिभावकलाई आग्रह गरेको छ । अभिभावकले एक्लै छोडदा अकालमै बालबालिकाको निधन हुनेप्रति सचेत गराउदै प्रहरीले बालबालिकालाई एक्लै नछोडन आग्रह गरेको हो ।
आज ड्रममा डबुरे मन्थली नगरपालिका–१३ स्थित चिण्डेमा २८ महिने बालकको ज्यान गएपछि प्रहरीले बालबालिकालाई एक्लै छोडदा हुन सक्ने सम्भावित दुर्घटनाबाट जोगाउन अभिभावकलाई आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले सानो कमजोरीले आफ्ना बालबालिकाको निधन हुने भएकाले समयमै सचेत र गम्भीर भएर सोच्नु पर्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘सानो भूलको कारण ठूलो दुर्घटना हुन सक्छ,अभिभावक सचेत हुनुको अर्को विकल्प छैन् ।’
उनले नदी तथा खोला लगायतको ठाउँमा जान नदिन र घरको आसपास खुला रुपमा ड्रममा पानी नराख्न पनि अभिभावकहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्