युवा परिषदद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण



२१ जेठ, रामेछाप ।
राष्ट्रिय युवा परिषदले रामेछाप जिल्लाको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजू मार्फत रामेछापको लािग युवा परिषद्ले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

जिल्ला युवा समिति रामेछापका अध्यक्ष प्रकाश कुमार कार्कीले जिल्लाभित्र बढदै गएको कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सहयोग पुर्याउने उदेश्यले डीसीसीएमसी मार्फत स्वास्थ्य सामाग्री वितरण गरिएको बताए । सर्जिकल मास्क १० हजार थान, स्यानिटाइजर ५० लिटर, फेस सिल्ड ३ सय थान र पीपीई सेट १ सय थान लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्