तमाङको पहलमा खाँडादेवी कोडिभ सेन्टरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण



२४ जेठ, रामेछाप ।खाँडादेवी गाउँपालिका–७ निवासी अर्जुन तामाङको पहलमा खाँडादेवी गाउँपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । खाँडादेवी गाउँपालिकाका सूचना प्रविधि अधिकृत  समेत रहेका तामाङले जर्मन संस्था भ्वाईस अफ चिल्ड्रेन इन मिजेरीसँग समन्वय गरेर अक्सिजन सिलिन्डरसहितको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ, कोभिड आइसोलेसन सेन्टरका डा. भानु कुमार श्रेष्ठको उपस्थित एक कार्यक्रमको बीच तामाङले उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । उनका अनुसार सेन्टरलाई ४० लि। को अक्सिजन २ थान, १० लिटरको अक्सिजन ३ थान, १२ लिटर क्षमताको अटोमेटिक सेनिटाईजर डिस्पिन्सर १ थान , सेनिटाईजर १५ लिटर, डिस्ईन्फेक्ट्यान्ड, मास्क, फेस शिल्ड लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

भ्वाईस अफ चिल्ड्रेन इन मिजेरीले खाँडादेवी गाउँपालिकाकै वडा नं। ७ स्थित थामी गाउँमा विगत ३ वर्षदेखी समाजसेवा गरिरहेको छ । विशेषगरी बाल शिक्षामा सहयोग गर्ने निति भएतापनि तामाङको पहलमा कोभिड १९ को अवस्थामा पनि यस संस्थाले खाँडादेवी अस्पताललाई सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्