रामेछापमा थप तीन हजार जनालाई कोराना विरुद्धको खोप लगाइने, कुन स्थानीय तहमा कहिले ?



२४ जेठ, रामेछाप ।
रामेछाप जिल्लामा भोलीबाट थप तीन हजार जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ । जिल्लाको आठ वटै स्थानीय तहबाट  खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालय रामेछापले भोलीबाट जिल्लाका ६२ देखि ६४ वर्षका लक्षित समुहका व्यक्तिलाई कोरोना विरुद्ध भेरोसेल खोप लगाइने बताएकाे छ ।

जेठ २५ र २६ गते रामेछाप नगरपालिकामा, जेठ २६ र २७ गते मन्थली नगरपालिका सहित उमाकुण्ड,गोकुलगंगा, लिखु तामाकोशी, दोरम्बा, सुनापति र खाँडादेवी गाउँपालिकामा कोरोना विरुद्धको भेरोसेल खोप लगाइने स्वास्थ्य कार्यालय  रामेछापका प्रमुख जितेन्द्र कर्णका अनुसार ६२ देखि ६४ वर्ष उमेर समुहका लक्षित समहका व्यक्तिलाई आफ्नो नजिकैको खोप केन्द्र(स्वास्थ्य संस्था) गएर खोप लगाउन सक्नेछन् ।

स्वास्थ्य कार्यालयले लक्षित समुदायलाई पनि खोप लगाउन स्थानीय तहलाई आग्रह गरेको छ । रामेछापमा यसअघि करिब १८ हजार जनाले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । यसअघि दोस्रो डोज लगाउन छुटेकालाई लगाउनु पर्ने भएकाले यस पटक नयाँ थप तीन हजार जनालाइ मात्र खोप लगाउने तयारी स्वास्थ्य कार्यालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्