रामेछापमा ५२८ जना कोभिड संक्रमित होम आइसोलेनमा ५७ जना अस्पताल भर्ना



२६ जेठ, रामेछाप ।
रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढदै गएको छ । गाउँगाउँमा संक्रमितको संख्या बढदै गएपछि अधिकांश संक्रमित होम आइसोलेनमा बसेका छन् । जिल्लाको आठ वटा स्थानीय तहमा गरी हाल ५ सय २८ जना संक्रमित होम आइसोलनमा बसेको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ ।

आठ वटा स्थानीय तहमाा रहेकाका अस्पतालमा ५८ जना कोभिडका बिरामी भर्ना भएका छन् ।जिल्लाको मन्थली नगरपालिकामा ८३ जना, रामेछाप नगरपालिकामा १०७ जना, उमाकुण्ड गाउँपालिकामा ५१ जना, गोकुलगंगा गाउँपालिकामा १९ जना, लिखु तामाकोसी गाउँपालिकामा १३ जना, खाँडादेवी गाउँपालिकामा २४ जना, दोरम्बा सैलुङ गाउँपालिकामा ७३ जना र सुनापति गाउँपालिकामा १ सय ५८ जना संक्रमित होम आइसोलनमा रहेका छन् ।

स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार जिल्ला अस्पताल रामेछापमा १६ जना, प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ३ जना, उमाकुण्ड अस्पतालमा ३ जना, खाँडादेवी कोभिड सेन्टरमा १ जना, गोकुलगंगा अस्पतालमा १० जना, दोरम्बा अस्पतालमा ५ जना, लिखु तामाकोसी खिम्ती अस्पतालमा ३ जना र तामाकोसी अस्पतालमा १६ जना संक्रमितको आइसोलनमा उपचार भइरहेको छ । रामेछापका आठ वटा स्थानीय तहमा हालसम्म १ सय ६८ वटा आइसोलेन बेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्