बागमती प्रदेशको नीत तथा कार्यक्रम बहुमतले पारित



२९ जेठ, हेटौडा ।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ । बिहीबार बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र शनिबार भएको छलफल भएको थियो । छलफलमा सत्तापक्ष र प्रतिपक्षका ४५ जना सांसदहरु सहभागी भएका थिए ।

छलफलमा सहभागि सत्तापक्षका सांसदहरुले प्रदेश सरकारले तयार पारेको आगामी आर्थिक वर्षका लागि तयार पारेका नीति तथा कार्यक्रमको विभिन्न बुँदाहरुमा संशोधनका लागि सुझाव पेश गरेका थिए । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रमका एक–एक बुँदालाई बजेटमा प्राथमिकताका साथ समावेश गरिने प्रतिबद्धता जनाएका थिए । सांसदहरुले उठाएका प्रश्न र सुझावका बारेमा जवाफ दिदै भने–प्रदेश सरकारले प्रदेशका नागरिकहरुलाई केन्द्रमा राखेर कोरोना नियन्त्रण, उपचार र खोपको सुनिश्चितता हुने गरी सरकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको हो ।’
नीति तथा कार्यक्रमको हरेक बुँदालाई कार्यान्वयनमा लैजाने भन्दै सो अनुसार बजेट विनियोजनको तयारी भइरहेको उनको भनाइ छ । सांसदहरुले पेश गरेको नीति तथा कार्यक्रम माथिको संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत गरेपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नीति तथा कार्यक्रमलाई स्वीकृतिका लागी संसद्मा पेश गरेको थिए । सभामुख श्रेष्ठले स्वीकृतिका लागि प्रस्तुत गरेको सरकारको उक्त नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्