रामेछापमा कांग्रेसद्धारा २ करोडको स्वास्थ्य सामाग्री हस्तान्तरण,क–कसले गर्‍यो सहयोग ? (नामावलीसहित)



३० जेठ, रामेछाप ।
नेपाली कांग्रेस रामेछापले कोरोना महामारी सुरु भएयता रामेछाप जिल्लाको लागि करिब २ करोड बराबरको स्वास्थ्य सामाग्री र खाद्यन्न वितरण गरेको  बताएकाे छ । कांग्रेसले गत बर्ष र यस बर्ष जारी लकडाउनको अवधिमा जिल्लाभित्र कोरोना नियन्त्रण र रोकथामको लागि करिब २ करोडको स्वास्थ्य सामाग्री र खाद्यन्न सहयोग गरेको बताएकाे हो ।

नेपाली कांग्रेस रामेछापले कोरोना नियन्त्रण र रोकथामको लागि जिल्ला स्थानीय तहमा सहयोग गर्ने दाताहरुको विवरण सार्वजनकि गरेको छ । कांग्रेस रामेछापका प्रवक्ता नारायण बहादुर खड्काद्धारा जारी विज्ञप्तीमा १५ बुँदामा सहयोगी दाताहरुको नाम उल्लेख गरिएको छ ।खडकाद्धारा जारी विज्ञप्तीम भनिएको छ–मानवीयता हराएको छैन, हराउनु पनि हुँदैन ।’

प्रवक्ता खड्काले हालसम्म जिल्लाभित्र पार्टीको आह्वानमा करिब २ करोड बराबरको स्वास्थ्य सामाग्री र खाद्यन्न वितरण गरिएको बताए । उनले जिल्ला पार्टीको आह्वानमा जिल्ला पार्टी, भातृ तथा शुभेन्छुक संस्थाहरु, नेता कार्यकर्ताहरुले पहिलो र दोस्रो चरण अन्तर्गत राहतका प्याकेजहरु लिएर जिल्लाका स्थानीय तहमा पुर्याएको योगदान प्रशसंनीय भएको बताए ।

कांग्रेसका नेता एवं निर्माण व्यवसायी पूर्ण बहादुर तामाङले २३ लाखमा आइसीयू खरिद गरेर तामाकोसी अस्पताललाई हस्तान्तरण गरेका थिए । कान्छारामको सहयोगमा रामेछाप जिल्लामा पहिलो पटक आइसीयू वेड स्थापना गरिएको हो । त्यसैगरी कांग्रेसले आठ वटै स्थानीय तहमा अक्सिजन, वेडसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

यस्तो छ सहयोग गर्ने दाताहरुको नामावली

प्रतिक्रिया दिनुहोस्