मन्थली नगरपालिकाद्धारा स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने निर्णय



३० जेठ, रामेछाप ।
मन्थली नगरपालिकाले कोभिडका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भक्ता दिने निर्णय गरेको छ । आज बसेको नगर कार्यपालिकाको ४७ औ बैठकले कोभिडको पहिलो लहरमा सेवा पुर्याउने स्वास्थ्य संस्थाका कर्मचारीलाई पचास प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । बैठकले अन्य स्वास्थ्य कर्मचारीको हकमा भने समितिले सिफारिस गरे अनुसार दिने निर्णय गरेको छ ।

नगरपालिकाभित्र कार्यरत स्वास्थ्यकर्मीले जोखिम भत्ताको विषयमा यसअघि माग अगाडि सादै आएका थिए । नगरपालिकाले स्वास्थ्यकर्मीलाई भत्ता दिने विषयमा पाँच सदस्यीय कार्यदल समेत गठन गरेको थियो । उक्त कार्यदलको सुझावको आधारमा ढिलै भएपछि भत्ता दिने निर्णय गरेको छ ।

मन्थली नगरपालिकाभित्र रहेको २८ वटा स्वास्थ्य संस्थामा गरी १ सय ३० जना स्वास्थ्यकर्मी कार्यरत रहेको मन्थली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख केशव फ्यालले जानकारी दिए । माग उठाएको दुई महिनापछि मन्थली नगरपालिकाले स्वास्थ्कर्मीको माग सम्बोधन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्