रामेछापमा २ हजार ४७ जनाले लगाए कोरोना विरुद्धको खोप



१ असार, रामेछाप ।
रामेछाप जिल्लामा  २ हजार ४७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । रामेछापको आठ वटै स्थानीय तहमा सञ्चालन गरिएको खोप कार्यक्रममा ६२ देखि ६४ बर्ष उमेर समुहले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

स्वास्थ्य कर्याालय रामेछापको आठ स्थानीय तहमा गरी २३ सय ८ डोज खोप वितरण गरिएको थियो । जस मध्ये २ हजार ४७ जनाले खोप लगाएका छन् । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिृकत भुवन थापाले यस चरणको खोप कार्यक्रम सम्पन्न भएको रामेछाप न्युजलाई बताए ।

उनका अनुसार मन्थली नगरपालिकामा ७ सय ३७, रामेछाप नगरपालिकामा ४ सय ५३, गोकुलगंगा गाउँपालिकामा ५१, लिखु तामाकोसी गाउँपालिकामा १ सय ३०, उमाकुण्ड गाउँपालिकामा १ सय ६४, दोरम्बा गाउँपालिकामा ७२, खाँडादेवी गाउँपालिकामा २ सय ९० जना र सुनापति गाउँपालिकामा १ सय ५० जनाले खोप लगाएका छन् । जनस्वास्थ्य अधिकृत थापाले स्थानीय तहले लगाउन बाँकी रहेको खोप फिर्ता ल्याउने बताए । जेठ २५ गतेदेखि २९ गतेसम्म खोप लगाउने समय निर्धारण गरिएको थियो ।

स्वास्थ्य कार्यालय रामेछापले यसअघि मन्थली नगरपालिकाको लागि ७ सय ५० डोज, रामेछाप नगरपालिकाको लागि ४ सय ५१ डोज खोप उपलब्ध गराएको बताएको छ । त्यसैगरी गोकुलगंगा गाउँपालिकाको लागि २ सय उमाकुण्ड गाउँपालिकाको लागि २ सय, लिखु तामाकोसी गाउँपालिकाको लागि १ सय ३०, खाँडादेवी गाउँपालिकाको लागि ३ सय, दोरम्बा गाउँपालिकाको लागि १ सय २४ र सुनापति गाउँपालिकाको लागि १ सय ५० डोज खोप पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्