गर्भपर्तन गराउदा रामेछापकी घिमिरेको मृत्यु



२ असार, काठमाडौं ।
१५ हप्ताको गर्भपतन गराउदा रामेछाप दोरम्बा गाउँपालिका–६ लखनपुर स्थित जागुकी २८ बर्षिय अनिता घिमिरेको मृत्यु भएको छ । कालीमाटी स्थित ज्योती अस्पतालको चरम लापरवाहीको कारण घिमिरेको निधन भएको हो ।

अस्पतालले सोमवार साँझ अनितालाई क्युरेट हुने औषधी दिएको दिएको थियो । तर औषधीको कारण अत्याधिक रक्तश्रावको कारण घिमिरेलाई थप उपचारको लागि बीएण्डबी अस्पताल लगिएपनि उपचारको क्रममा उनको निधन भएको थियो ।
ज्योति अस्पतालको लापरवाहीको कारण घिमिरेको ज्यान गएपछि परिवार र आफन्त आन्दोलित भएका थिए । तीन छोरीकी आमा बनिसकेकी अनिताको गर्भपतन गराउने क्रममा निधन भएको थियो ।

दुई दिन परिवार र आफन्तको अस्पताललाई कारवाही हुनु पर्ने माग गरेपछि बुधबार पीडित परिवार र अस्पतालबीच सहमति भएको छ । कालीमाटीस्थित ज्योति अस्पतालले पीडित परिवारलाई दस लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएपछि परिवारले शव बुझेको छ । पीडित परिवारका एक सदस्यका अनुसार अस्पतालले दस लाख रुपैयाँ क्षतिपूति लिने सहमति भएपछि शव बुझेको हो । अनिताले कान्छी छोरी १४ महिनाकी रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्