खाँडादेवी गाउँपालिका स्थित सुनकोसी नदी किनारामा शव भेटियो



२ असार, रामेछाप ।
खाडाँदेवी गाउँपालिका–१ राकाथुमको बेलघारी स्थित सुनकोसी नदी किनारामा शव फेला परेको छ । आज दिउँसो १ बजे पहिचान खुल्न नसकेको सडेगलेको अवस्थामा शव फेला परेको हो । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर अधिकारीले सुनकोसी नदी किनारामा भेटिएको शवको पहिचान खुल्न नसक्ने अवस्थामा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्