रामेछाप जिल्लामै पहिलो पटक दोरम्बा सैलुङ गाउँपालिकाको सैलुङ क्षेत्रमा यार्सागुम्बा भेटियो



४ असार, रामेछाप ।
रामेछाप जिल्लाको दोरम्बा सैलुङ गाउँपालिका अन्तर्गत पर्ने सैलुङ क्षेत्रमा पहिलो पटक बहुउपयोगी यार्सागुम्बा फेला परेको छ । रामेछाप र दाेलखाकाे सीमाना  सैलुङ भौगोलिक वनावटको कारण यार्सागुम्बा पाइने अनुमान गरेपनि पहिलो पटक आज सैलुङ क्षेत्रमा यार्सागुम्बा फेला परेको हो ।

यसअघि यार्सागुम्बा खोज्ने अनुभवि व्यक्तिहरुले खोज्ने क्रममा आज यार्सागुम्बा फेला परेको छ । उच्च लेकाली भेगमा पाइने यार्सागुम्बाको मुल्य २ लाखदेखि गुणस्तर अुनसार २८ लाखसम्म पर्ने गरेको छ ।

सैलुङ पर्यटन क्षेत्रका अभियन्ता दावा साङबु शेर्पाले पहिलो पटक सैलुङ क्षेत्रमा यार्सागुम्बा पाइएको रामेछाप न्युजलाई बताए । उनले यसअघिको अनुमान मात्र गरिदै आएकोमा आज यार्सागुम्बा नै भेटाउन सफल भएको बताए । शेर्पाले भने,‘केही बर्ष अघि नै जडिबुटी विज्ञहरुले सैलुङ क्षेत्रको वातावरणमा यार्सागुम्बा उत्पादन हुने बताएका थिए,अहिले वास्ताविक रुपमा नै यार्सागुम्बा फेला परेको छ ।’

उनका अनुसार आज मात्र ३० वटा यार्सागुम्बा संकलन भएकाले गैरकाष्ठ वन पैदाावर प्रवद्र्धनमा ठोस योजनासहितको कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्