होटल सञ्चालन गर्न दिने निर्णय गर्दै रामेछापमा लकडाउन थपियो (सूचनासहित)



८ जेठ, रामेछाप ।
रामेछाप जिल्लामा जारी लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको छ । यसअघि नै पसल सञ्चालन गर्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र अब होटल तथा रेष्टुरेन्ट पनि सञ्चालन गर्न दिने निर्णय गरेको छ । प्रशासनले होटल रेष्टुरेन्ट, चिया तथा खाजा पसलहरु बिहान ५ बजेदेखि दिउसो ३ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले जारी लकडाउन जेठ १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको जानकारी दिए ।

यस्तो छ जिप्रका रामेछापद्धारा जारी विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्