मन्थली नगरपालिकाको बजेट १ अर्ब ७ करोड



१० असार, रामेछाप ।
रामेछापको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि १ अर्ब ७ करोड ८५ लाख ३८ हजार ८ सय ७२ रुपैँया बजेट ल्याएको छ ।
बिहीबार नगरसभामा उक्त बजेट प्रस्तुत भएको हो । मन्थलीका नगरप्रमुख रमेशकुमार बस्नेतले चालु तर्फ १० करोड ६६ लाख ४ हजार, सशर्तको चालु तर्फ ५७ करोड ९१ लाख ६४ हजार रुपैयाँ विनियोजन गरिएको बताए । नगरसभाले सशर्त/निशर्त दुबैबाट पूँजीगत कार्यक्रमको लागि ३९ करोड २७ लाख ७० हजार ८ सय ७२ रुपैँया विनियोजन गरिएको छ ।

नगरपालिकाले सबैभन्दा बढी रकम पूर्वाधार विकासमा १२ करोड ७० लाख रुपैँया छुट्याइएको छ । नगरसभाले १४ वटा वडा कार्यालयको लागि ९ करोड रुपैँया छुट्याइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्