उमाकुण्ड गाउँपालिकाको बजेट ५९ करोड
११ असार, रामेछाप ।
एमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८ ०७९ को लागि ५९ करोडको बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारको अध्यक्षमा सम्पन्न गाउँसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको हो ।
गाउँपालिकाका अध्यक्ष सुनुवारले आगामी बर्ष कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिएर बजेट ल्याएको बताए ।