महालक्ष्मी एकता समाज रामेछाप–सिन्धुलीद्धारा रक्तदान कार्यक्रम सम्पन्न



१३ असार, काठमाडौं ।
रगतको अभााव हुन नदिनको लागि महालक्ष्मी एकता समाज (रामेछाप सिन्धुली) ले रक्तदान कार्यक्रम गरेको छ । अन्तराष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्दको दिवसको अवसरमा महालक्ष्मी एकता समाजको आयोजना तथा ब्लड डोनर्स एशोसिएशन नेपाल कान्तिपुर रक्तसंचार केन्द्रको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो ।

महालक्ष्मी एकता समाजका अगुवा राकेश श्रेष्ठले कार्यक्रममा ७५ जनाले रक्तदान गरेको जानकारी दिए । महालक्ष्मी इमाडोल कृष्ण मन्दिरमा सम्पन्न रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।रामेछाप र सिन्धुलीबाट महालक्ष्मी आएर बसोबास गरेका व्यक्तिहरुबीच भाइचारा र एकता कायम गर्न स्थापित महालक्ष्मी एकता समाजले अहिलेको कोरोना महामारीको समयमा रगतको अभाव हुन नदिने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको समाजका सदस्य भीम श्रेष्ठले जानकारी दिए ।
रक्तदान कार्यक्रममा महालक्ष्मी नगरपालिकाकी उपमेयर निर्मला थापा वडा अध्यक्ष नकुल थापा लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्