खाँडादेवी गाउँपालिकाका किसानलाई साथ दिदै कृषि ज्ञान केन्द्र



१३ असार, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले व्यवसायिक कृषि क्षेत्रको विकासमा जोड दिदै नीति तथा कार्यक्रम एवं बजेट बनाएको छ । गाउँपालिकाले परम्परागत रुपमा भन्दा पनि यान्त्रिकीकरण र व्यवसायिक रुपमा कृषि क्षेत्रलाई अगाडि बढाउनु पर्ने नीति लिएको छ । उक्त नीति अनुसार गाउँपालिकाका किसान   र बागमती प्रदेश सरकारको साझदारीमा सञ्चालित मकै ब्लक कार्यक्रम अन्तर्गत किसानहरुलाई पचास प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरिएको छ ।

आइतवार  खाँडादेवी गाउँपालिका–४ माडिफाँटमा  कृषि ज्ञान केन्द्र रामेछापद्धारा आयोजित कार्यक्रममा कार्यक्रमकोबीच गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले ३१ वटा टयाक्टर वितरण गरेका छन् । मकै ब्लक कार्यक्रम अन्तर्गत गरेको एउटा टयाक्टरको मुल्य ७० हजार पर्ने भएपनि पचास प्रतिशत अनुदानमा कृषिकले ३५ हजारमै पाएका छन् । मकै ब्लक कार्यक्रम अन्तर्गत माडिफाँडमा रहेको करिब पाँच हजार रोपनी मध्य सुरुको चरणमा एक हजार रोपनीमा कार्यक्रम सञ्चालन गरिएको छ ।

अध्यक्ष तामाङले परम्परागत कृषि पेशालाई विस्तारै आधुनिकरण र यान्त्रिकरणतर्फ अगाडि बढाउन सफल भएको बताए । उनले भने,‘अब विगतकोजस्तै गरी कृषि पेशा गरेर हुँदैन, आधुनिक प्रविधिको प्रयोग गरेर निर्यात गर्ने खालका खेती गर्नुपर्छ ।’ कार्यक्रम अन्तर्गत टयाक्टरसँगै मकै छडाउने मेसिन लगायतका सामाग्री कृषकलाई प्रदान गरिएको छ । कृषि ज्ञान केन्द्र रामेछापले आगामी दिनमा मकै ब्लक कार्यक्रमलाई थप विस्तार गर्दै लैजाने बताएको छ

प्रतिक्रिया दिनुहोस्