रामेछापमा यसरी मनाइयो धान दिवस
१५ असार, रामेछाप ।
रामेछाप जिल्लामा पनि १८ औं धान दिवस मनाइएको छ । लकडाउनकैबीच पनि सरमुदकाम मन्थलीमा धान दिवस मनाइएको हो । मन्थली नगरपालिका, कृषि ज्ञान केन्द्र रामेछाप । रामेछाप बहुप्राविधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थलीको भदौमा आयोजित धान दिवसमा रामेछापका सरकारी कार्यालय प्रमुख र गैर सरकारी संस्थाका व्यक्तिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजू, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुंगाना, मन्थली नगरपालिकाका नगर उपप्रमुख माया कार्की, कृषि ज्ञान केन्द्र रामेछापका सर्मिला गुरुङ लगायतको सहभागीता रहेको थियो ।
कोभिड–१९ को कारण धान दिवसमा सामान्य कार्यक्रम गरेको मन्थली नगरपालिकाका नगर उपप्रमुख माया कार्कीले जानकारी दिइन ।
रामेछापका मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका, सुनापति गाउँपालिका, गोकुलगंगा गाउँपालिकामा लगायतका स्थानीय तहमा धान उत्पादन हुने गरेको छ । मन्थली बाहेक अन्य स्थानीय तहले यस बर्ष औपचारिक रुपमा कार्यक्रम गरेर धान दिवस मनाएनन ।