सार्वजनिक स्थलमा दर्जनौ महिलामाथि हिंसा गर्ने रामेछापका तामाङ पक्राउ
१७ असार, भक्तपुर ।
सार्वजनिक स्थलमा महिलालाई जिस्क्याउने र दुव्यवहार गर्ने रामेछापका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पटक पटक एउटै प्रकृतीको अपराध गरेको आरोपमा सुनापति गाउँपालिका–५ खनियापानीको ३६ बर्षिय तमारसिंह तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
रामेछाप घर भइ हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने तामाङले बाटोमा हिडिरहेका महिलाहरुलाई एकान्तमा एक्लैदुक्लै पारी संबेदनशील अंग समात्ने र दुव्यवहार गर्ने गरेको आरोपमा उजुरी परेपछि महानगरीय प्रहरी महानगरीय प्रहरी वृत्त जागतीले पक्राउ गरेको हो । वृत्त प्रमुख रहेका डिएसपी राजेश थापाले पक्राउ परेका तामाङले प्रहरी सामू आफ्नो अपराध कर्म स्वीकार गरेको बताउदै अभियुक्तमा मानसिक समस्या समेत देखिएको बताए ।
डिएसपी थापाका अनुसार पक्राउ परेका तामाङ्ग मोटरसाइकल चढेर महिलामाथि अश्लिल हर्कत गरेर फरार हुने गरेको बयानको क्रममा खुलेको छ । मोटरसाइकलमा आउने तामाङ्गले फूल हेम्मेट लगाएर महिलाको नजिकै आएपछि मोटरसाइकलको बत्ती समेत निभाई संबेदनशील अंगमा समातेर तीब्र गतिमा फरार हुने गरेको पीडित महिलाहरुले प्रहरी समक्ष जानकारी गराएका छन् ।
महानगरीय प्रहरी वृत्त जगातीमा मोटरसाइकल चालकले दुर्व्यवहार गरेको आरोप लिएर दर्जन बढी महिला सम्पर्कमा आएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पीडित हुनेहरुमा १४ वर्षका बालिका देखि ५० वर्षकी महिला समेत रहेका छन् । सार्वजनिक स्थलमा दजनौ महिनामाथि पटक पटक र्दुव्यवहार गरेको विषयमा प्रहरी समक्ष उजुरी परेको सात महिनापछि तामाङ पक्राउ परेका छन् ।
रातो मोटरसाइकल र कालो ड्रेस बाहेक कुनै जानकारी पीडितले दिन नसक्दा प्रहरीलाई लामो समय लागेको डिएसपी थापाले जानकारी दिए ।महिलामाथि अश्लिल हिंसा गर्दै आएको तामाङले गत असार ४ गते बिहान आदर्श चौक नजिक एक महिला पत्रकारलाई निशाना बनाएपछि प्रहरीले पक्राउ गर्न सफल भएको छ । ती पत्रकारले मोटरसाईकल नम्बरको फोटो खिचेको कारण सोही विवरणको आधारमा तामाङलाई पक्राउ गर्न सकिएको प्रहरीले बताएको छ । प्रहरीले बा ७८ प ९५७३ नम्बरको मोटरसाइकलसहित असार १५ गते साँझ ५ बजे कमलविनायकबाट तामाङलाई पक्राउ गरेको थियो । डिएसपी थापाका अनुसार अभियुक्त तामाङ्ग लाई बुधवार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पेश गरी अभद्र मुद्दामा ७ दिनको म्याद लिई अनुसन्धान भैरहेको बताए ।