पहिरोले रामेछापमा खानीखोलाको झोलुंगे पुल बगायो



१८ असार, रामेछाप ।
अविरल बर्षासँगै आएको पहिरोको कारण रामेछापको सुनापति गाउँपालिका स्थित खानीखोलाको झोलुंगे पुल पहिरोले बगाएको छ । सुनापति गाउँपालिका–१ गुन्सी र वडा नम्बर ३ हिलेदेवी जोडने खानीखोला स्थित खिम्तीवेंसीको झोलुंगे पुल पहिरोले बगाएको हो । खिम्ती वेसींमा हाल झोलुंगे पुलसँगै नयाँ पक्की पुल निर्माणको काम पनि भइरहेको छ ।

अविरल बर्षा भएसँगै हिलेदेवी तर्फको पुलको भाग पहिरोले बगाएको छ । सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत कमलराज श्रेष्ठले पहिरोको कारण झोलुंगे पुलको जिब बगाए पनि आवतजावतमा समस्या नरहेको रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार यसअघि गाउँपालिकाले सोही पुल नजिकै यातायात सञ्चालन गर्नको लागि अस्थायी कलर्भट बनाएको कारण पुल बाढीले बगाए पनि आवत जावतमा अहिले कुनै समस्या छैन् ।

प्रतिक्रिया दिनुहोस्