बिपी राजमार्ग अवरुद्ध, सुचारु गराउन प्रयास हुँदै



१९ असार, काभ्रे ।
काभ्रेको रोसी गाउँपालिका–१२ स्थित माम्ती खोलामा बाढी आएको कारण बिपी राजमार्ग अवरुद्ध भएको छ । बिपी राजमार्ग अवरुद्ध हुँदा सयौ सवारी साधन अलपत्र परेको छ ।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण खोलाको माथिबाट लेदोसहितको बाढी आएर सडकमा थुप्रेपछि राजमार्ग अवरुद्ध भएको हो । रातीबाट लेदो थुप्रिएका कारण नै सडक अवरुद्ध भएपछि अहिले रामेछाप, सिन्धुली र पूर्वी तराई जाने र काठमाडौँ आउने सवारी साधनहरु रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी हरि खतिवडाले अवरुद्ध राजमार्ग सुचारु गराउन प्रयास भइरहेको रामेछाप न्युजलाई बताए ।

उनका अनुसार अहिले ठूला सवारी साधन सञ्चालन गराउने काम भइरहेको बताउदै साँझसम्म साना सवारी साधनलाई पनि सञ्चालन गराउन काम भइरहेको छ । खतिवडाले काठमाडौं आउने सवारी साधन धुलिखेलमै रोकिएको कारण सिन्धुलीतर्फबाट आउने सवारी साधनको मात्र बढी जाम रहेको जानकारी दिए । सडक विभागले यसअघि नै सो स्थानमा पक्की पुलको अवधारणा अगाडि सारेपनि निर्माणमो अझै चासो देखाएको छैन् ।

प्रतिक्रिया दिनुहोस्