रामेछापभित्रका मुख्य सडकमा यातायात सुचारु छः डिएसपी ढुंगाना



१९ असार, रामेछाप ।
अविरल बर्षासँगै आएको पहिरोको कारण विभिन्न राजमार्ग अवरुद्ध भएपनि रामेछाप जिल्लामा सञ्चालित मुख्य सडक भने सुचारु अवस्थामा रहेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले जिल्लाभित्रको मुख्य सडकमा अहिले सहज रुपमा यातायात सञ्चालन भइरहेको रामेछाप न्युजलाई बताए । उनका अनुसार सेलेघाट–मन्थली सडक खण्डको दुई ठाउँमा आएको खहरेको कारण केही समय अवरुद्ध भएको सडक बिहानबाटै सञ्चालनमा ल्याएको छ ।

जिल्लाभित्र अहिलेसम्म आठ वटै स्थानीय तह जोडने मुख्य सडक सहज रुपमा सञ्चालन भइरहेको बताउँदै ढुंगानाले कही कतै सडक अवरुद्ध भएको अवस्थामा स्थानीय तहसँग समन्वय गरेर तत्काल सञ्चालन गर्ने गरी तयारी गरिएको जानकारी दिए । रामेछाप जिल्लामा कालोपत्रे र कच्ची सडक गरी करिब १३ सय किलोमिटर सडक निर्माण गरिएको छ । अधिकाशं सडक बर्षाको समयमा भत्कने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्