तामाकोसी जलविद्युत आयोजनाबाट विद्युत थपियो



२१ असार, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उदघाटन गरेका छन् ।प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारस्थित निवासबाटै भर्चुअल माध्यमबाट स्वीच अन गरी उक्त आयोजनाका उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्रीले माथिल्लो तामाकोशी देशको एक १० वर्षे उर्जा इतिहासकै नयाँ कोशेढुंगा भएको बताए ।
आयोजनाको सफल सञ्चालनले राष्ट्रिय आत्मविश्वाससमेत बढाएको बताउदै उनले भने,‘जुन कामका लागि हामी बाहिर भर पर्नुपथ्र्याे, अब विस्तारै त्यसमा पनि आत्मनिर्भरतातर्फ गइरहेका छौं ।’स्वदेशी लगानीमा निर्मित दोलखा जिल्लाको विगु गाउँपालिका–१ मा रहेको राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाट क्षमताको यो आयोजनाबाट उत्पादित बिजुली ४७ किलोमिटर लामो २२० के.भी. डबल सर्किट प्रसारण लाइन हुँदै रामेछापको मन्थली नगरपालिका–१३ स्थित साँखेमा स्थापित न्यू खिम्ती सव–स्टेसनमा पुर्याइएको छ । उक्त सव–स्टेसनबाट प्राधिकरणको ढल्केवरस्थित ४००/२२० के.भी. सव–स्टेसनमा पु¥याई त्यहाँबाट राष्ट्रिय प्रसारण ग्रीड प्रणाली मा आबद्ध गरिएको छ ।

आयोजनाअन्तर्गत बाँध/इन्टेक, सुरुङ, भूमिगत विद्युतगृहलगायतका सिभिल संरचनाहरूको निर्माण कार्य, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल कार्यहरू तथा ४७ कि.मि. लामो २२० केभी डबल सर्किट प्रसारण लाइन र २२०/१३२ केभी सवस्टेशनको सम्पूर्ण निर्माण कार्यहरू सम्पन्न गरी परीक्षण कार्यहरू समेत सम्पन्न गरिसकिएको छ ।

सुरुमा ६ वर्षमा आयोजनाको निर्माण कार्य सक्ने लक्ष्य राखिएको यो आयोजनाको शिलान्यास २०६८ जेठ ४ गते गरिएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यका अनुसार मुख्य सुरुङको डिजाइन परिवर्तन, २०७२ वैशाखको विनाशकारी महाभूकम्प र त्यसपछिको तराई आन्दोलन, लामोसाँघु चरिकोट सडक स्तरोन्नतिको कारण ढुवानीमा आएको समस्या¸ हाइड्रो मेकानिकल कार्यका ठेकेदारको कमजोर कार्यसम्पादन तथा कोरोना महामारी जस्ता विभिन्न कारणहरूले गर्दा निर्माण कार्य विलम्व हुन गएको हो

प्रतिक्रिया दिनुहोस्