रामेछापमा करेन्ट लगाएर माछा मार्ने नौ भाईलाई जनही पाँच हजार जरिवाना



२२ असार, रामेछाप ।
रामेछापमा अवैध रुपमा खोलामा करेन्ट लगाएर माछा मार्दै गर्दा पक्राउ परेका नौ जनालाई कारवाही गरिएको छ । रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ को खिम्ती खोलामा अवैध रुपमा करेन्ट लगाएर माछा मार्ने क्रममा पक्राउ गरिएको नौ जनालाई जनही पाँच पाँच हजार रुपैयाँ जरिवाना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछाप र प्रहरी चौकी खिम्तीबाट खटिएको प्रहरीको टोलीले माछा मार्न प्रयोग गरिएको ब्याट्री सहित टागासहित नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए । उनले जलचर संरक्षण ऐन २०१७ अनुसार रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले जनही पाँच हजार जरिवाना तोक्नु भएको थियो । पक्राउ परेका नौ जनालाई नै जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो ।

पक्राउ पर्नेहरुमा मन्थली नगरपालिका ८ का २५ बर्षिय सुनिल माझी, ४० बर्षिय शेर बहादुर माझी,३६ बर्षिय समशेर बहादुर माझी, २३ बर्षिय विष्णु माझी, ३० बर्षिय मिलन माझी, ४० बर्षिय सन्त माझी, ३० बर्षिय नविन माझी, १९ बर्षिय विपन माझी र २५ बर्षिय राजकुमार माझी रहेका छन् । सरकारले खोला तथा नदी किनारामा करेन्ट लगाएर माछा मार्न प्रतिबन्ध लगाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्