गाउँगाउँमा रोजगारी सृजना गर्ने यस्तो छ गोकुलगंगा गाउँपालिको बजेट, कुन शीर्षकमा कति ? ( बजेटको पूर्ण पाठसहित)



२६ असार, रामेछाप ।
गोकुलगंगा गाउँपालिकाले कृषि क्षेत्रमा आत्मनिर्भर बनाउदै गाउँमै रोजगारी सृजना हुने गरी बजेट ल्याएको छ । कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएको गाउँपालिको कृषि मार्फत रोजगारी सृजना गरेर गाउँपालिकालाई कृषिबाटै समृद्ध बनाउने गरी बजेट ल्याएको हो ।

आगामी आर्थिक बर्षको लागि गाउँपालिकाले ६७ करोड १९ लाख ४३ हजारको बजेट ल्याएको छ। गाउँपालिकाले कुल बजेटमध्ये चालुतर्फ ७ करोड ९६ लाख २० हजार विनियोजन गरेको छ भने पुँजीगत लगायत अन्य कार्यक्रमतर्फ २९ करोड १ लाख २० हजार, सामाजिक सुरक्षा भत्ताबापत ७ करोड २५ लाख नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त शसर्त समपरक र विशेष अनुदान रकम २३ करोड ९८ लाख ३ हजार विनियोजन गरेको छ ।

त्यसैगरी आर्थिक बिकासतर्फ १ करोड ९३ लाख सामाजिक बिकासतर्फ ५ करोड ७१ लाख २० हजार, पूर्वाधार बिकासतर्फ १८ करोड ६८ लाख, वन वातारण तथा विपद् व्यबस्थापनतर्फ १ करोड ९६ लाख सुशासन तथा संस्थागत बिकास तर्फ ७३ लाख रकम विनियोजन गरेको छ ।
गाउँपालिकाले यस आर्थिक बर्षमा ४८ वटा सना उद्योग सञ्चालन गर्ने गरी प्रस्ताव गरेकोमा २५ वटा उद्योग सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले बताए । उनले रामेछाप न्युजसँग भने,‘हामीले गाउँकै नागरिकहरुलाई रोजगारी दिने गरी बजेट निर्माण गरेका छौ ।’

गोकुलगंगा गाउँपालिको अगाडि सारेको नीति अनुसार अण्डा मासु र तरकारीमा गाउँपालिका आत्मनिर्भर बन्दै निर्यात गर्ने अवस्थामा पुगेको छ । उद्योग व्यवसायहरु खुल्ने क्रम बढेको बताउदै गाउँपालिकाभित्रै रोजगारी सृजना गर्ने उद्योगलाई गाउँपालिकाले पनि सक्दो सहयोग गर्ने सुनुवारले बताए ।

कुन शीर्षकमा कति  बजेट पूर्ण पाठसहित

प्रतिक्रिया दिनुहोस्