दोरम्बा गाउँपालिकाको नाम फेरिएको सूचना राजपत्रमा प्रकाशित



२७ असार, रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिकाको नाम परिवर्तन गर्दै ‘दोरम्बा सैलङ गाउँपालिका’ कायम गरिएको छ । गाउँपालिकाको पाँचौ गाउँसभाले नाम परिवर्तन गर्न सिफारिस गरे बमोजिम मन्त्रिपरिषद्को बैठकले नाम परिवर्तन गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषद्ले २०७८ वैशाख १३ गते गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै सरकारले नाम परिवर्तन भएको सूचना राजपत्रमा प्रकाशित गरेको छ ।

दोरम्बा गाउँपालिकाले सरकारले राजपत्रमा नाम परिर्वतनको सूचना प्रकाशित गरेसँगै गाउँपालिकाको नामको साथै कागजातमा समेत परिवर्तन हुने भएको छ । दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले ऐतिहासिक एवं पर्यटकीय गन्तव्य सैलुङ्गलाई जोडेर अब गाउँपालिकाको नाम दोरम्बा सैलुङ भएको जानकारी दिए । उनका अनुसार गाउँपालिकाको नाम परिवर्तन गर्नको लागि सहयोग गर्ने सबैलाई धन्यवादको पात्र रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्