बागमती प्रदेशको बजेट बहुमतले पारित
२७ असार, हेटौंडा । वाग्मती प्रदेश सरकारको आर्थिक वर्ष २०७८(७९ को बजेट बहुमतले पारित भएको छ । आइतबार प्रदेशसभामा भएको छलफलपछि बजेट पारित भएको हो । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश सरकारका तर्फबाट आर्थिक वर्ष ०७८र७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।
कुल बजेटमध्ये चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार विनियोजन र पुँजीगततर्फ २९ अर्ब ७० करोड ३९ लाख ४ हजार रुपैयाँ विनियोजन गरेका थिए । बजेट चालुतर्फ ४५ प्रतिशत, पुँजीगत तर्फ ५१ प्रतिशत र वित्तीय तर्फ ४ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।
सरकारले बजेटको स्रोतमध्ये कर तथा राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख र अन्य राजस्वतर्फ ६ अर्ब ८२ करोड १३ लाख, संघीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानबाट प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख, विविध प्राप्तिबाट १ अर्ब ५ करोड ९ लाख र चालु आर्थिक वर्षबाट राजस्व बचतबाट ९ अर्ब १० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।