संविधानको पक्षमा सर्वोच्चको फैसलाः सांसद श्रेष्ठ
२८ असार, रामेछाप ।
रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले सर्वोच्च अदालत विघटित प्रतिनिधिसभा पुर्नस्थापित गरेर संविधानको पक्षमा फैसला गरेको बताएका छन् । संविधान विपरीत दोस्रो पटक गरेको संसद विघटन गरेर सर्वोच्चले ऐतिहासिक फैसला गरेको बताएका हुन् । प्रधानमन्त्री ओलीले संविधान विपरीत गरेको काम सर्वोच्च अदालतबाट सच्याइने अपेक्षा गरेका छौ, विधि पद्दती, संविधान अनुसार नै सर्वोच्च अदालतको फैसला आएको छ, सांसद श्रेष्ठले भने ।