नवनियुक्त प्रधानमन्त्री देउवाले लिए शपथ



२९ असार, काठमाडौं ।
पाँचौ पटक प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभपाति शेरबहादुर देउवा पद तथा गोपनियताको शपथ लिएका छन् । संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्त्रीको शपथ खाएका हुन् ।


सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन ।

नवनियुक्त प्रधानमन्त्री देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार साँझ ६ बजे सपथ गराउने कार्यतालिका रहेपनि राष्ट्रपति भण्डारीले सर्वोच्च अदालतको फैसला अनुसार मात्र उल्लेख गरेकोप्रति नवनियुक्त प्रधानमन्त्री ओलीले आपत्ति जनाएपछि दुई घण्टापछि राष्ट्रपति कार्यालयले पत्र सच्याएको थियो । प्रधानमन्त्रीको नियुक्ति संविधानको धारा ७६ (५) अनुसार नै भन्ने विषय उल्लेख भएपछि दुई घण्टापछि नवनियुक्त प्रधानमन्त्री देउवाले शपथ ग्रहण गर्न तयार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्