दुर्लभ बन्यजन्तु रेडपाण्डाको छालासहित रामेछापका विसुन्के पक्राउ



२ साउन, काठमाडौं ।
दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित रामेछापका एक युवक काठमाडौंबाट पक्राउ परेका छन् । रामेछप दोरम्बा शैलुङ्ग गाउँपालिका–५ गुन्सालका २४ बर्षिय उमेश बिसुन्केलाई प्रहरीले पक्राउ गरेको हो । विसुक्े हाल काठमाडौं शंखरापुर नगरपालिकाको इन्द्रेणीमा बस्दै आएका थिए । उनीसँगै दोलखाको तामाकोशी गाउँपालिका–१ घर भएका २५ वर्षीय अर्जुन मग्राती
पनि पक्राउ परेको महानगरीय प्रहरी वृत्त स्यमभुले बताएको छ ।

काठमाडौं महानगरपालिका–१५ चौमतीस्थित बिष्णुमति करिडोर सडकबाट २ थान दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्दा झोलामा लुकाई लैजादै गरेको उक्त छाला फेला पारेको महानगरिय प्रहरी महाशाखाले बताएको छ । महाशाखाको अनुसार पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्