रामेछापमा ट्याक्टरबाट उछिट्टीएर ११ बर्षिय बालक खिम्ती खाेलामा बेपत्ता



१० साउन, रामेछाप ।
रामेछापमा गुडिरहेको ट्याक्टरबाट उछिट्टीएर खिम्ती खोलामा खसेर ११ बर्षिय बालक वेपत्ता भएका छन् । लिखु तामाकोसी गाउँपालिका–६ खिम्ती नामाडी सडक खण्डमा मन्थलीबाट खुकराको दाना लिएर फर्पुतर्फ जादै गरेको ट्याकरमा चढेका ११ बर्षिय बालक मिलन तामाङ वेपत्ता भएका हुन् । गोकुलगंगा गाउँपालिका–६ का तामाङ ट्याकटरमा राखिएको प्लाइमा बसिरहेकाे अवस्थामा  उछिट्टिएर खोलामा खसेको प्रहरीले बताएको छ ।

लु त ६६२९ नम्बरको ट्याक्टर गोकुलगंगा गाउँपालिका–६ फर्पु बस्ने २६ बर्षिय चालक कुमार तामाङले चलाएका थिए । बालक ट्याक्टरको पछाडिको टेलरमा बसेर यात्रा गरेकोमा उछिट्टिन गई खिम्ती खोलमा खसेको स्थानीयले देखेका थिए । स्थानीयले थाहा पाए लगत्तै उद्दारको लागि स्थानीय, प्रहरी खटिएका थिए । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगाना, शसस्त्र प्रहरी गुल्मबाट शसस्त्र प्रहरी नायब उपरीक्षक केशवराज प्याकुरेलको नेतृत्वमा आज साँझसम्म खोजतलास गरिए पनि वेपत्ता भएका बालकको अवस्था पत्ता लाग्न सकेको छैन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले साँझसम्म खोजतलास गर्दा पनि अवस्था पत्ता लाग्न नसकेको र भोली बिहानैबाट खोज कार्य गरिने जानकारी दिए । ट््याक्टरका चालक कुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले प्रहरीले दिएको बयान अनुसार चालकले बालक खसेको केही समयपछि मात्र थाहा पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्