खिम्ती खोलामा बेपत्ता बालकको खोजी कार्य जारी



११ साउन, रामेछाप ।
रामेछापमा गुडिरहेको ट्याक्टरबाट उछिट्टीएर खिम्ती खोलामा खसेर बेपत्ता ११ बर्षिय बालकको खोजी कार्य जारी रहेको छ ।लिखु तामाकोसी गाउँपालिका–६ खिम्ती नामाडी सडक खण्डमा मन्थलीबाट कुखुराको दाना लिएर फर्पुतर्फ जादै गरेको ट्याकरमा चढेका गोकुलगंगा गाउँपालिका–६ फर्पुका ११ बर्षिय बालक मिलन तामाङ  आइतवार दिउसाे वेपत्ता भएका थिए ।

हिजो दिउसोबाट वेपत्ता भएका बालकको आइतवार साँझसम्म खोजतलास गर्दा पनि पत्ता लाग्न सकेको थिएन । आज बिहानैबाट नेपाल, प्रहरी, शसस्त्र प्रहरी बल र स्थानीयको समन्वयमा खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।
ट््याक्टरका चालक कुमार तामाङलाई भने प्रहरीले हिजो नै नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्