सहमति नमान्ने दुगड ग्रुपको दादागिरीको विरुद्ध आन्दोलमा उत्रने अध्यक्ष सुनुवारको चेतावनी



१३ साउन, रामेछाप ।
उमाकुण्ड गाउँपालिका र दुगड गु्रपबीच भएको १९ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै गाउँपालिकावासी आक्रोशित भएका छन् । आयोजनाबाट प्रभावित क्षेत्रको सडकमा आवतजावत गर्न समेत कठिन हुने अवस्था सृजना भएसँगै स्थानीयले सहमति कार्यान्वयन नभए आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् । स्थानीयवासीले विभिन्न माग राखेर आन्दोलन सुरु गरेपछि गत भदौमा गाउँपालिका र दुगड ग्रपका प्रतिनिधिबीच समस्या समाधान गर्नको लागि १९ बुँदे लिखित सहमति भएको छ । तर एक बर्ष वितिसक्दा समेत सहमति कार्यान्वयन गर्न दुगडले चासो नदेखाएको भन्दै प्रभावित क्षेत्रका बासिन्दाले गाउँपालिका र दुगड ग्रुपलाई सहमति तत्काल कार्यान्वयन गर्न दबाब दिएका छन् ।
उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले दुगड ग्रुपले पैसा र पहुँचका भरमा गाउँपालिकाभित्र दादागिरी गरी जनतालाई सास्ती दिएको बताए । आफूले पहल गरेर स्थानीयको माग सम्बोधन गर्न दुगड ग्रुपले लिखित सहमति जनाए पनि कार्यान्वयनमा पुरै वेवास्था गर्दा थप समस्या सृजना भएको बताए । स्थानीय सरकारको तर्फबाट आफूहरुले समन्वयकारी भूमिका खेल्दा पनि दुगड ग्रुपले कमजोरी सम्झिएको बताउदै सुनुवारले गाउँपालिकावासीले उपभोग गर्ने सडक हाइड्रोपावरका मालबाहक सवारी साधनले ध्वस्त बनाएको बताए ।
दुगड ग्रुपको लगानीमा रामेछाप र सोलुखुम्बुको सीमाना भएर बग्ने लिखु खोलामा तीन वटा जलविद्युत आयोजना निर्माण भइरहेका छन् । गाउँपालिकाका अध्यक्ष सुनुवारले सुरुदेखि नै उक्त आयोजनाले स्थानीयलाई पेलेर अगाडि जाने नीति लिदा समस्या देखिएको बताउछन । ती आयोजनामा कुल १ सय ५७ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम भइरहेको छ ।

स्थानीय सरकारको तर्फबाट खेल्नु पर्ने भूमिका खेलिरहेको बताउदै १९ बुँदे सहमति कार्यान्वयन नहुनु दुःखद भएको बताए ।
लिखु खोलामा पाँचवटा जलविद्युत परियोजना निर्माणाधीन छन् । तीमध्ये लिखु ए, लिखु–१, २ मा एमभी दुगड ग्रपले लगानी गरेको छ । करिब २१ अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेका तीन वटै आयोजनाको निर्माण कार्य गत आर्थिक बर्षमा सम्पन्न गर्ने लक्ष्य लिएपनि कोभिड–१९ को कारण थप प्रभावित बन्न पुगेको छ ।

निर्माणाधीन आयोजना सम्पन्न भएपछि लिखु ए बाट २९.०४ मेगावाट, लिखु १ बाट ७७ मेगावाट, र लिखु २ बाट ५५ मेगावाट विद्युत उत्पादन हुनेछ । आयोजनाले सामुदायिक उत्तरदायित्वको रकम खर्च गर्ने, निर्माण सामान लैजाने बाटो प्रयोग गर्ने लागायतको काममा आयोजनाले स्थानीयलाई आतंकित बनाएर स्थानीयको आरोप छ ।

आयोजनाका ठूला गाडी गुडाएर सडक बिगारेको भन्दै ठोसे सिंगटी सडक खण्ड अहिले बर्षाको समयमा झन अस्तव्यस्त बन्न पुगेको छ । गाउँपालिकासँग आयोजनाले आयोजना प्रभावित क्षेत्रको सडकको स्तरउन्नती गर्ने प्रतिबद्धता जनाएको थियो ।

यस्तो छ गाउँपालिका र दुगडबीच भएको सहमतिः

 

प्रतिक्रिया दिनुहोस्