रामेछापमा ६ बर्षिय बालिका बलात्कार गरेर दाेषी ठहर एक व्यक्ति पक्राउ



१४ साउन, रामेछाप ।
रामेछापको सुनापति गाउँपालिका–१ गुन्सी स्थित धारापानीकामा एक बर्ष अघि छ बर्षिय बालिका बलात्कार गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बालिका बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतल रामेछापले नाम परिवर्तन बल बहादुरलाई १२ बर्ष ६ महिना कैद सजायको फैसला सुनाएसँगै फरार रहेका ती व्यक्तिलाई आज जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले ती व्यक्तिलाई धारपानीबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए । उनले अनुसार पक्राउ परेका करिब बालकलाई कारागार नभई भक्तपुर स्थित बाल सुधार केन्द्रमा राखिनेछ ।

प्रतिक्रिया दिनुहोस्