रामेछापको हात्तीटारमा पहिरोः दस जना यात्रु बीचमा अलपत्र



१४ साउन, रामेछाप ।
मन्थली नगरपालिका  स्थित हात्तिटारमा अविरल बर्षासँगै आएको पानीको कारण सडक अवरुद्ध भएको छ । पहिराेकाे कारण  सडक अवरुद्ध हुँदा दुवै तर्फ यातायात अवरुद्ध बनेकाे छ । पहिराेकाे कारण  केही यात्रु समेत पहिरोको बीच भागमा फसेका छन् । पहिरोको बीचमा फसेका यात्रुलाई उद्धार गर्नको लागि जिल्ला प्रहरी कार्यालय रामेछापबाट अहिले प्रहरी खटिएको छ । जिल्ला प्हरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले पहिरोको कारण सडक अवरुद्ध हुँदा केही यात्रुहरु फसेको भन्ने खबर प्राप्त भएको रामेछाप न्युजलाई बताए ।

पहिरोको बीचमा फसेका व्यवसायी सुदिप थापाले आफूहरु मन्थली तर्फ जान पनि नसक्ने र सेलेघाटतर्फ पनि फर्कन सक्ने अवस्था नरहेको रामेछाप न्युजलाई बताए । उनका अनुसार पहिले हात्तिटारको ठूलो घुम्ती सडक आसपासमा पानीसँग निरन्तर पहिरो खसिरहेको छ । थापाका अनुसार पहिरोको बीचमा १० जना यात्रु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्