दोरम्बा शैलुङ्ग गाउँपालिकाभित्र ठाउँठाउँमा पहिरो,यातायात सेवा अवरुद्ध
१५ साउन, रामेछाप ।
दोरम्बा शैलुङ्ग गाउँपालिकाभित्र अविरल बर्षासँगै एक दर्जन भन्दा बढी ठाउँमा पहिरो आउदा यातायात सेवा अवरुद्ध भएको छ । पहिरोको कारण सदरमुकाम मन्थली र राजधानी काठमाडौं जाने यातायात सेवा अवरुद्ध भएको हो । गाउँपालिकाको केन्द्र टोकपुरबाट लखनपुर हुँदै काठमाडौं जाने सडक अवरुद्ध भएको भएको छ । त्यसैगरी राजाधनी जाने मुख्य सडक खण्ड दोरम्बा–अग्लेश्व गाल्वा सडकमा पनि ठूलो पहिरो खसेको छ ।
दोरम्बा शैलुङ्ग गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले अविरल बर्षासँगै गाउँपालिकाभित्र सञ्चालन हुने अधिकाशं सडकमा पहिरो खसेको रामेछाप न्युजलाई बताए । उनका अनुसार अवरुद्ध सडक सुचारु गर्नको लागि जेसिभी र डोजर प्रयोग गरेर काम अगाडि बढाइएको बताए । मोक्तानका अनुसार गाउँपालिकाबाट सैलुङ्ग खण्ड, दोरम्बा गाल्वा र टोकरपुर लखनपुर सडक खण्ड अवरुद्ध भएको छ ।