राकाथुममा शहीद अर्जुन रानामगरको स्मृतिमा बन्यो गेट र पार्क (फोटोफिचर)



१६ साउन, रामेछाप ।
खाँडादेवी गाउँपालिका–१ राकाथुम वडा कार्यालयले शहीद अर्जुन रानामगरको स्मृतिमा गेट तथा पार्क निर्माण गरेको छ । १७ औं स्मृति दिवसको अवसरमा निर्माण गरिएको गेट एवं पार्कको नेकपा माओवादी रामेछापका इन्चार्ज एवं प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले उदघाट गरेका हुन् ।

रानामगरलाई १७ बर्ष अघि जनयुद्धको क्रममा सुनापति गाउँपालिका–४ बेथानको डहुमा तत्कालिन शाही नेपाली सेनाले कब्जामा लिएर हत्या गरेको थियो । शहीदको सम्झनामा राकाथुमको चापबोट अर्जुन स्मृति शहीद पार्क निर्माण गरिएको हो । सोही पार्कमा शहीद अर्जुन रानामगरको शालिक स्थापना गर्न सांसद श्रेष्ठले शिलान्यास समेत गरेका थिए । स्मृति दिवसको अवसरमा शहीद रानामगरको परिवारलाई सांसद श्रेष्ठले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

त्यसैगरी वडा कार्यालयको लगानीमा खैरेनीघाट राकाथुम गाल्वा दोरम्बा शैलुङ्ग पर्यटकीय सडक प्रवेशद्धार ‘अर्जुन स्मृति शहीद गेट’को पनि उदघाटन गरिएको छ । उक्त उदघाटन कार्यक्रममा संविधानसभा सदस्यद्धय डिल्लीमान तामाङ, लक्ष्मी गुरुङ, नेता टंकलाल घिसिङ ‘टलक’, सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा, दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान, जिल्ला नेताहरु सुनिता गौतम, अग्नीमा बुढाथोकी, खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्