कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा पुनः नियुक्त गर्न प्रधानमन्त्रीको ठाडो निर्देशन
१९ साउन, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् ।
आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकारणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिनुभएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा प्रधानमन्त्री देउवाले तत्काल प्राधिकरणको कार्यकारी निर्देशेकमा नियुक्ति गर्न मन्त्री भुसाललाई निर्देशन दिएका हुन् ।