रामेछापको घ्याप्चेमा सुख्खा पहिरो गएपछि मन्थली क्षेत्रमा प्रहरीकाे माइकिङ
२२ साउन, रामेछाप ।
रामेछाप जिल्लाको घ्याप्चेमा मध्ये बर्षाको समयमा सुख्खा पहिरो गएको छ । पहिरोको कारण हुन सक्ने सम्भावित जन धनको क्षति हुन नदिन जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थली सहित रनजोर खोला आसपासका बासिन्दालाई सतर्क रहन माइकिङ गरेको छ ।
घ्याप्चेमा निरन्तर हिउद बर्षाको समयमा नै सुख्खा पहिरो जादा मन्थली नगरपालिका– ४ गैराथोक गाउँ पहिरोको उच्च जोखिममा परेको छ। करिब १ हेक्टर क्षेत्रफलमा फैलिएको घ्याप्चेको पहिरो स्थलमा आज साझ पुनः ठूलो धुवा मुस्लो सहितको पहिरो गएको मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले बताए । उनले पानी परेको अवस्थामा उक्त पहिरोबाट रणजोर खोलाको बहाप बढन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको रामेछाप न्युजलाई बताए ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आज अपरान्ह देखि पहिरो खस्ने क्रम नरोकिएकाले मन्थलीसहित विभिन्न स्थानका बासिन्दालाई सतर्क रहन माइकिङ गरेको छ । जिल्ल प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुंगानाले पहिरोबाट हुन सक्ने सम्भावित जोखिम हुन नदिन उच्च सतर्कता अपनाइएको बताए । बर्षा अघिदेखिबाट पैmलिदै आएको पहिरोले कारण उक्त क्षेत्रमा २ सय परिवार विस्थापित हुने अवस्थामा पुगेकोप्रति स्थानीय चिन्तित बनेका छन् ।
रनजोर खोलाको उदगम् स्थल घ्याप्चे पहिरो खसेको हुँदा वर्षाको समयमा पानी पर्दा रणजोर खोलामा जुनसुकै बेला बाढी आउन सक्ने भएकाले प्रहरीले खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।