किर्णे सब स्टेसनबाट रामेछापको लागि विद्युत जोडन सांसद श्रेष्ठको माग



२६ साउन, रामेछाप ।
रामेछापमा विगत एक महिनादेखि विद्युत सेवामा समस्या सृजना भएसँगै रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले किर्णे सब स्टेसनबाट रामेछापको लागि विद्युत जोडन सरकारसँग माग गरेका छन् ।

मंगलवार संसद शुन्य समयमा सांसद श्रेष्ठले जिल्लाभित्र बारम्बार विद्युतको समस्या आइरहेको कारण दिर्घकालिन रुपमा व्यवस्थापन गर्न किर्णे सब स्टेसनबाट विद्युत जोडनु पर्ने माग गरेका हुन् । उनले लामो साँघु र ढल्केबरबाट जिल्लामा जोडिएको विद्युत प्रसारण लाइनले जिल्लावासीको व्यवसाय र विद्यार्थीको पठनपाठनमा समेत गम्भीर असर परेको बताउदै तत्काल किर्णे शब स्टेसनबाट विद्युत जोडन उर्जा मन्त्रालयको ध्यानकर्षण गरेका छन् ।

त्यसैगरी उनले जिल्लाको दोरम्बा, राकाथुम, ठोसे र साँघुटारमा निर्माणाधिन सब स्टेसन निर्माणको काममा ढिलाई भएकाले तत्काल सम्पन्न गर्नुपर्ने माग गरे । त्यसैगरी पहिरोको कारण रामेछापको आठ वटै स्थानीय तहमा धेरै बस्ती जोखिममा रहेको बताउदै सांसद श्रेष्ठले पहिरो गएर जोखिममा परेका नागरिकहरुलाई एकीकृत नमूना वस्ती निर्माण गरेर स्तान्तरण गर्न सरकारसँग माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्