रामेछापमा नाङ्गो डाँडालाई हरियाली बनाउने अभियानमा नेपाली सेना (फोटोफिचर)



२९ साउन, रामेछाप ।
रामेछापका नाङ्गा डाँडामा वृक्षारोपण गर्ने कार्यक्रमलाई स्थानीय तहले तीब्रता दिएका छन् । स्थानीय तहले सुरु गरेको अभियानमा नेपाली सेनाले साथ दिएको छ ।

नेपाली सेना नयाँ गोरख गणको पहलमा डिभिजन वन कार्यालय रामेछाप र वातावरण संरक्षण परियोजना, ठूलो सामुदायिक वन उपभोक्ता समुको संयुक्त प्रयासमा ठूलो संख्यामा एकै पठक वृक्षारोपण गरिएको छ । नेपाली सेनाका नं.२६ बाहिनीपति विष्णु राउतले ठूलो सामुदायिक वनमा विहिवार वृक्षरोपण गरेका हुन् ।

जिल्लाको खाँडादेवी गाउँपालिका–२ स्थित ठुलो सामूदायिक वनको ८ हेक्टर क्षेत्रफलको नाङ्गो डाँडामा चिउरी, सिसौ, उत्तिस, अमला, कागती, मसला, निम लगायतका विरुवा रोपिएको नयाँ गोरख गणका गणपछि विष्णु सापकोटाले जानकारी दिए । उनका अनुसार १२ सय विरुवा रोप्ने कार्यक्रम अन्र्तरगत हालसम्म नयाँ गोरख गणले ९ हजार ७६२ वटा विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।

प्रतिक्रिया दिनुहोस्