पुस ११देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने माओवादीको निर्णय



३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टीले सांगठानिक संरचना परिमार्जन गर्दै जिल्ला कमिटी खारेज गर्दै जिल्ला समन्वय समिति मात्र राख्ने निर्णय गरेको हो । आइतवार सम्पन्न केन्द्रीय कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा बैठकमा प्रस्तुत गर्नुभएको राजनीतिक र विधान संसोधन प्रस्ताव सर्वसम्मत पारित भएको छ ।बैठकले आगामी पुस ११ देखि १३ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।

यसैबीच माओवादीले आफ्नो पार्टीका सबै जिल्ला कमिटीहरु विघटन गरेको छ । अब पार्टीका जिल्ला सम्मेलनहरू पनि नगर्ने माओवादीले घोषणा गरेको छ । अब संविधान र संघीयताको मर्म अनुसार पार्टीको स्थानीय तह, प्रदेश र केन्द्र मात्रै रहने निर्णय बैठकले गरेको छ ।
जिल्ला कमिटीको साटो जिल्ला समन्वयन कमिटी रहने र त्यसमा स्थानीय तहका प्रमुखहरुलाई राख्ने गरी स्थायी कमिटीले उपयुक्त व्यवस्था गर्ने भएको छ ।

आगामी भदौ मसान्तसम्म देशैभर पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने, असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला गर्ने, असोज २० गते वडा सम्मेलन गर्ने, सोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन गर्ने, मङ्सिर १५ गते प्रदेश सम्मेलन गर्ने र पुस ११ देखि १३ सम्म पार्टी राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निणर्य भएको पार्टी पप्रवक्ता श्रेष्ठले जानकारी दिनए ।

उनका अनुसार संघियताको मर्मअनुसार जिल्ला समिति पार्टीमा नरहने व्यवस्था गर्दै संयोजन समितिमात्रै रहने निर्णय गरिएको छ । बैठकले जनवर्गिय एवं विभिन्न जातिय÷क्षेत्रिय मोर्चाहरूको सम्मेलन, भेला, बैठकहरू असोज मसान्तासम्म सम्पन्न गर्ने, जनयुद्दका घाईते, अपांग तथा छापामारलाई परिचयपत्र दिने पनि निर्णय गरेको छ । बैठकले केन्द्रमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सह सचिव र कोषाध्यक्ष रहने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्